हिमालय रोडिज सिजन पाँच:  उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने

काठमाडाैं | मंसिर ५, २०८०

हिमालय रोडिज सिजन पाँच:  उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने

काठमाडौं:   हिमालय रोडिज सिजन–५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए ।


रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय रोडिजमा पहिलोपटक हो ।


अनुपविक्रम शाही र दीया मास्केको ग्याङबाट एक÷एकजना सदस्य सेमिफाइनलमा भिडेका थिए । तर, प्रियंका कार्कीको ग्याङबाट कुनै एक पनि सेमिफाइनलमा पुग्न सकेनन् ।


सेमिफाइनल प्रतिस्पर्धामा चारै प्रतिस्पर्धीले कठिन टास्क पुरा गरेका थिए । होस्ट सुरजसिंह ठकुरीले फाइनलिस्टको नाम घोषणा गर्दा टीम ग्रीनको उत्साह थामिएन । अब सन्जिप र विश्वले आउने सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।


साउन १५ गतेदेखि सुरु भएको पाँचौ सिजनमा २० प्रतिस्पर्धी सहभागि थिए ।

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्